वित्तीय संस्थाको मान्यता पाएसँगै एचआइडिसिएलको सर्वाधिक २१ लाख माथिको कारोबार

१७ माघ २०७८, सोमबार १२:४२

काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को सर्वाधिक खरिदबिक्री भएको छ ।

यो समाचार तयार पार्दासम्म शेयर बजार खुलेको करिब डेढ घण्टाको अन्तरालतमा सो कम्पनीको सर्वाधिक २१ करोड ८१ लाख २८ हजार भन्दा माथिको कारोबार भएको छ ।

कारोबारमा आएको २१७ कम्पनीमध्ये सो कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएको हुन् । नेपाल राष्ट्र बैंकले उक्त कमपनीलाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएसँगै लगानीकर्ताहरु एचआइडिसिएलमा झुम्मिएका हुन् ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार माघ ३ गते बसेको संचालक समितिको बैठकले उक्त कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिएसँगै कम्पनीको आज एकाएक सर्वाधिक खरिदबिक्री हुन पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*