सिभिल लघुवित्तको खुद नाफामा ३६ प्रतिशतको बृद्धि, अन्य सूचक कस्तो ?

१७ माघ २०७८, सोमबार १४:१४

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसा खुद नाफा ३६.८७ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिसम्ममा कम्पनीले २ करोड ७४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढ्न पुगेको छ । यस अवधिसम्ममा खुद ब्यजा आम्दानी ६७ प्रतिशतले बढेर ११ करोड ८४ लाख ५५ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० प्रतिशतले बढेर ५ करोड ६९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
गत आवमो संस्थाको खुद ब्याज आम्दानी ७ करोड ६ लाख रुपैयाँ र संचालन नाफा ४ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापूँजी २३ प्रतिशतले बृद्धि भएर २८ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ८० लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै वार्षिकी प्रतिशेयर आम्दानी २६.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा रहेको छ । यस अवधिसम्ममा संस्थाले ८४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*