रुरु जलविद्युत परियोजनाको खुद मुनाफा १९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

१७ माघ २०७८, सोमबार १४:३४

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा कम्पनीको खुद नाफामा सुधार आएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले पुस मसान्तसम्म आइपुग्दा १९ प्रतिशतले बढेर खुद नाफा ६ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत विक्री आम्दानी वृद्धि हुदाँ खुद नाफामा सुधार आएको हो । सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७ प्रतिशतले बढेर ९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्री आम्दानी ९ अर्ब २५ लाखमा सिमित थियो ।

कम्पनीको चुक्तापूँजी ४४ करोड ८४ लाख रहेको छ भने प्रतिशेयर आम्दानी २९.३१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२४.४२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*