१४ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमाथि, कुन उपसमुहको अवस्था कस्तो ?

१७ माघ २०७८, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन नेप्से १४ अंकले घटेकोछ । समग्र मूल्य सूचक नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २८७१.०५ बिन्दु कायम भएको छ ।

सोमबार नेप्सेमा एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार अन्य समुह, लघुवित्त समुह तथा सामूहिक लगानी कोषको मूल्य बढेको छ । बैंक, बीमा, विकास बैंक तथा लगायतका अन्य सबै उप समुहहरु राताम्ये छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*