३ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

१७ माघ २०७८, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन फेरी नेप्से ओरालो लागेको छ । आइतबार १०५ अकंले बढेको नेप्से सोमबार भने १६ अकंले घट्न पुगेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँ माथिको कारोबार भएको छ

आज नेप्से १४ अकंले घट्दा कारोबार समेत ५ अर्बमा खुम्चिएको हो । कारोबार खुम्चिएर नेप्से घट्दा समेत ३ कम्पनीको शेयरमा भने सर्किट लागेको हो । फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, छाङदी हाइड्रोपावरको ८.९७ प्रतिशत, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको ७.३७ प्रतिशत, सिइडिबि हाइड्रोपावर डेभलपमेन्टको ७.१८ प्रतिशत र जीवन विकास लघुवित्तको ५.४२ प्रतिशतले वृद्धि भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*