माउन्टेन हाइड्रो नेपाल सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१७ माघ २०७८, सोमबार १५:१६

काठमाडौं । साताको पहिलो दिन उच्च अकंले वृद्धि भएको नेप्सेमा साताको दोस्रो दिन फेरी राताम्य भएको छ । सोमबार नेप्से १४.४८ प्रतिशतले घटेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा घट्दा कारोबार पनि ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँ सिमित भएको छ ।

सोमबार ३ कम्पनीको शेयर सर्किट लाग्दा केही कम्पनी गुमाउने पुगेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीमा माउन्टेन हाइड्रो नेपाल रहेको छ । कम्पनीको आज ३.४४ प्रतिशतले घटेको हो ।

त्यस्तै, सिभिल लघुवित्तको ३.४२ प्रतिशत, न्यादी हाइड्रोपावरको ३.१७ प्रतिशत, पन्चकन्या माई हाइड्रोपावरको ३.०८ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.०१ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको २.९८ प्रतिशतले घटेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*