स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१८ माघ २०७८, मंगलवार ११:१६

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (माघ १८ गते) अन्तिन दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ६५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मुल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्रि तथा संघ संस्थाले न्यूनतम १ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*