आइएमई जनरल इन्स्योरेन्सले २ लाख कित्ता शेयर बिक्री गर्ने, सर्वसाधारणले पनि किन्न पाउने

१८ माघ २०७८, मंगलवार ११:३४

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको सर्वसाधारण समूहको शेयर बिक्रीका लागि स्वीकृत माग गरेबमोजिम कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

सो सम्बन्धि कम्पनीको संचालक समितिको पुष २५ गते बसेको बैठकले हाथवे इन्भेष्टमेन्टको सर्वसाधारण समूहको २ लाख ९ हजार ८०९ कित्ता शेयर बिक्रीका लागि नियमक निकाय बीमा समितमार्फत् स्वीकृतिका लागि निवेदन पेश गरेकोमा कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*