चालु आवको पुष मसान्तसम्ममा महुली लघुवित्तको खुद नाफा साढे ५ करोड, इपिएस कति ?

१८ माघ २०७८, मंगलवार १३:४९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार गरेको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले ५ करोड ५६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४९.२२ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ । संस्थाको खुद ब्याज आम्दानी ५४.९७ प्रतिशतले बढेर १४ करोड ९४ लाख १२ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ९५.८० प्रतिशतले बढेर ८ करोढ २७ लाख १० हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानी ७ करोड ६ लाख ६१ हजार रुपैयाँ र संचालन नाफा २ करोड ३८ लाख २५ हजार रुपैयाँ रहेको थियो । यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आमदनी र संचालन नाफामा उल्लेख्य सुधार आएसँगै कम्पनीको नाफा बढ्न पुगेको हो ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी १८ करोड ६६ लाख रुपैयाँबाट बृद्धि भएर २८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संस्थाले जगेडा कोषमा २४ करोड ५१ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

साथै चालु आवको पुष मसान्तसम्मा संस्थाले निक्षेप संकलनको आकार बृद्धि गरी १ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ८४ करोड २ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, यस अवधिसम्ममा संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ३९.४४ रुपैयाँँ प्रतिशतेयर नेटवर्थ १८६ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात ४०.८८ रुपैयाँ, तरलता अनुपात १२.४३ प्रतिशत र खराब कर्जा २.५९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*