दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१८ माघ २०७८, मंगलवार १५:१२

काठमाडौं । साताको तेस्र्रो दिन नेप्सेमा सुधार आएको छ । साताको पहिलो दिन १०५ अकंले बढेको नेप्से साताको दोस्रो दिन १४ अकंले घट्न पुगेको थियो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से १९ अकंले बढेर साढे ६ अर्बको कारोबार हुदाँ २ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको ७.५० प्रतिशत, फरवर्ड माइक्रोफाइनान्सको ७.२५ प्रतिशत, यूनियन आइडिआइ मार्दी आरबि हाइड्रोपावरको ५.९५ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशत र शाहास उर्जाको ५.४५ प्रतिशतले बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*