नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, हाइड्रोपावरमा चमत्कारिक बृद्धि

१८ माघ २०७८, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन १४ अंकको गिरावट आएको शेयर बजारमा आज १९.२६ अंकले बृद्धि भएर २८९१.३० विन्दुमा पुगेको छ ।

यस साताको पहिलो दिन चुनाव लागेसँगै आश्चर्यरुपमा नेप्से १०५ अंकले बढ्न पुगेको थियो । तर उच्च अंकले बढेको नेप्सेमा कारोबार भने खासै बढ्न सकेको थिएन ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा ६अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक हाइड्रोपावरको चमत्कारिक रुपमा आज ३.२२ प्रतिशत तथा १०९.९४ रुपैयाँको बृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समूह र जीवन बीमा समूहको १३ रुपैयाँले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*