नेप्सेमा सुधार आउँदा लघुवित्तका शेयरधनीले सर्वाधिक गुमाए

१८ माघ २०७८, मंगलवार १५:२२

काठमाडौं । मंगलबार नेप्से फेरी उकालो लागेको छ । सोमबार १४ अकंले घटेको नेप्से आज भने १९.२६ अकंले वृद्धि भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच भएको छ । नेप्से १९ अकंले बढ्दा कारोबार ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्से सुधार आउदा २ कम्पनीको शेयरमा सर्किट लागेको छ भने केही कम्पनीका शेयरधनीले गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीमा नेरुडे लघुवित्त विकास बैंक रहेको छ । कम्पनीको आज ३.१७ प्रतिशतले घटेको हो ।

त्यस्तैं, मेरो माइक्रोफाइनान्सको २.२८ प्रतिशत, सिभिल लघुवित्तको २.१२ प्रतिशत, अजोड इन्स्योरेन्सको २.०४ प्रतिशत र ग्लोबल आइएमइ लघुवित्तको २ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*