जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबार खुल्ने, यस्तो छ कम्पनीको अवस्था

१८ माघ २०७८, मंगलवार १६:०२

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संस्था हो । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ।

जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

आवेदकले उक्त शेयरमा आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ता सम्मका लागि माग गर्न पाउनेछन् । उक्त शेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रति साधारण शेयर रु. १००।— अङ्कित दरका ५,२२,००० कित्ता साधारण शेयर मध्येजारी पुँजीको०.५% अर्थात ८,००० कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५% अर्थात् २६,१०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ४,८७,९०० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको छ ।

दरखास्त दिनुपर्ने न्यूनतम कित्ता :१० दरखास्त दिनुपर्ने

अधिकतम कित्ता : ५,२२० दरखास्तसाथ भुक्तानी गर्नुपर्ने रु. १०० प्रति शेयरका दरले आवेदन दिनुपर्नेछ ।

साधारण शेयरको बिक्रि खुल्ला अवधि :

कम्पनीको आइपीओ यहि माघ २१ गतेदेखि सर्वसाधारणको लागि बिक्रि खुल्ला हुँदैछ । सर्वसाधारणले कम्पनीको आइपीओमा छिटोमा माघ २५ गते ढिलोमा फागुण ६ गतेसम्म आवेदन दिन पाउनेछन् ।
लामो समयपछि कम्पनीको आइपीओ जारी हुन लागेको हुदाँ कम्पनीको आइपीओ माघ २५ गतेसम्म सर्वसाधारणले आइपीओ भर्न पाउनेछन् ।

क्रेडिट रेटिङको अवस्था :

स्वीकृत विवरणपत्र अनुसार सर्वसाधारणलाई निष्काशन गरिनेशेयरकोलागि यस संस्थालाइ ईक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौंले इक्रा आइआर डबल बी रेटिङ प्रदान गरेको छ।जसले कम्पनीको वित्तीय अवस्था मध्य जोखिम रहेको जनाउछ ।

बिक्रि प्रबन्धक :

कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ, प्रतिशेयर आम्दानी र संचित नाफा/नोक्सान सम्बन्धी विवरण :

संस्थाको पुँजी संरचना

अधिकृत पूँजी : यस लघुवित्त वित्तीय संस्थाकोअधिकृत पूँजी रु. २५,००,००,०००/– (पच्चिस करोड) रहेको छ ।
उक्त पूँजीलाईरु.१००÷– का दरले २५,००,००० (पच्चिस लाख) थान साधारण शेयरमा विभाजन गरिएको छ ।

जारी पूँजी : यस लघुवित्त वित्तीय संस्थाकोतत्काल जारी पूँजी रु १६,००,००,०००/– (सोह करोड) रहेकोछ । उक्त पूँजीलाईरु.१००।— का दरले१६,००,००० (सोह्रलाख) थान शेयरमा विभाजन गरिएको छ ।

चुक्ता पूँजी : यस लघुवित्त वित्तीय संस्थाकोसंस्थापकहरुबाट तत्काल चुक्ता पूँजी रु १०,७८,००,०००/– (दश करोड अठहत्तर लाख) रहेकोछ जसलाईरु.१००/—का दरले १०,७८,००० (दश लाख अठहत्तर हजार) थान शेयरमा विभाजन गरिएको छ ।

स्वीकृत विवरणपत्र मार्फत सर्वसाधारणलाई पाँच करोड बाईस लाख  रकम बराबरको शेयरको निष्काशन पश्चात्लघुवित्त वित्तीय संस्थाकोचुक्ता पूँजी सोह्र करोड  हुनेछ ।


संस्थागत र सर्वसाधारण शेयरधनी :

संस्थापक शेयरधनीहरुको समूहबाट मनोनित वा निर्वाचित ४ (चार) जना सर्वसाधारण शेयरधनीहरुकोप्रतिनिधित्व गरी निर्वाचित २ (दुईजना) स्वतन्त्र सञ्चालक १ (एक) जना हुनेछ ।

 

निष्काशनबाट प्राप्त हुनेकूल रकमलाई प्रयोग गर्ने तरिका र क्षेत्र सम्बन्धी विवरण् :

 

वित्तिय प्रक्षेपणका प्रमुख आधारहरुकोऔचित्य :

निक्षेपमा औषत बृद्धिदर

लघुवित्त वित्तीयकोशाखा कार्यलयहरुको बृद्धिसँगैग्राहक सदस्यहरुको संख्यामा बृद्धि सहित बचतमा समेत बृद्धि हुने भएको हुनालेआ.व. २०७८/०७९ मा ३१.१६% का दरलेबृद्धि हुनेप्रक्षेपण औचित्य पूर्ण रहेका छ । तत्पश्चात क्रमशः थप शाखा कार्यालयहरुकोसंख्यामा बृद्धि हुनेभएकोलेआ.व. २०७९/८० मा २०.५०% लेर आ.व. २०८०/८१ मा २०.७०% लेहुनेनिक्षेप बृद्धिकोप्रक्षेपण यथार्थपरक रहेकोछ ।

कर्जा तथा सापटमा औषत बृद्धिदर

ग्राहक सदस्यहरुकोसंख्याकोबृद्धिसँगैकर्जातथा सापटमा पनि वृद्धि हुनेभएकोलेआ.व. २०७८/०७९ मा ३७.०६% लेवृद्धि हुनेप्रक्षेपण गरिएकोछ । सोही बमोजिमआ.व. २०७९/८० र आ.व. २०८०/८१ मा क्रमशः १८.५४% र १७.३१ कोवृद्धि प्रक्षेपण गरिएकोछ ।

कूल आयमा औषत वृद्धि

लघुवित्त वित्तीय संस्थाकोकर्जालगानीमा वृद्धि हुनेभएकालेआ.व. २०७८/०७९ मा कुल आयमा ११०.८५% लेवृद्धि हुनेप्रक्षेपण गरिएकोहोर आ.व. २०७९/८० तथा आ.व. २०८०/८१ मा क्रमश २४.९१% र १९.६९% कोवृद्धि प्रक्षेपण गरिएकोछ ।

संचालन खर्चतथा कूल आम्दानी अनुपात

संचालन खर्चर कूल आम्दानीमा गरिएकोप्रक्षेपणकोआधारमा नैसंचालन खर्चतथा कूल आम्दानीकोअनुपात प्रक्षेपण गरिएकोछ । जस अनुसार २०७८/०७९, २०७९/०८० र २०८०/०८१ मा संचालन खर्चतथा कूल आम्दानी अनुपात क्रमश ७.९९, १०.४६ र १२.३८ प्रतिशत हुनेप्रक्षेपण गरिएकोछ ।

निक्षेपकोऔषत ब्याजदर प्रतिशतमा

गत वर्षहरुकोवास्तविक आँकडा तथा आउँदो वर्षको संचालन योजनाकोआधारमा संस्थाकोवित्तीय प्रक्षेपणमा वचत कर्ताहरुलाईदिईनेब्याजकोदर आ.व. २०७८/०७९, २०७९/०८० र आ.व. २०८०÷८१ मा ७.३२ प्रतिशत हुनेप्रक्षेपण गरिएकोछ ।

कर्जाकोऔषत ब्याजदर प्रतिशतमा

गत वर्षहरुकोवास्तविक आँकडा तथा आउँदो वर्षकोसंचालन योजनाकोआधारमा संस्थाको वित्तीय प्रक्षेपणमा ग्राहकहरुबाट कर्जामा लिने व्याजदर आ.व. २०७८/०७९, २०७९/०८० र आ.व. २०८०/८१ मा १५ प्रतिशत हुनेप्रक्षेपण गरिएकोछ ।

उपरोक्त प्रक्षेपणका आधारहरुमा अन्य शिर्षकहरुमा सोही बमोजिम नैपरिवर्तन हुने भएकाले सोही अनुरुप नै प्रक्षेपण गरिएकोछ ।

गत वर्षहरुकोवास्तविक आँकडा तथा आउँदोवर्षकोसंचालन योजनाकोआधारमा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन द्धारा वित्तीय विवरण प्रक्षेपण गरिएकोहो। पूँजी पर्याप्तताकोमात्रा नेपाल राष्ट्रबैंकलेतोकेकोअनुपात अनुरुप रहनेगरी प्रक्षेपण गरिएकोछ ।

आइपीओ निष्काशन पछिकोचुक्ता पूँजी (समूहकृत गरिएकोअवस्थामा सोही अनुरुप :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*