मोदी इनर्जीको साधारण सभा फागुन १० गते, यस्ता छन् एजेण्डा

१८ माघ २०७८, मंगलवार १६:१८

काठमाडौं । मोदी इनर्जी लिमिटेडको चौथो वार्षिक साधारण सभा फागुन १० गतेका लागि बोलाएको छ । सभा कम्पननीको रजिष्ट्रर्ड कार्यालय डिल्ली बजार काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै वार्षिक वित्तीय विवरण वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु उपर छलफल गरी पारित समेत गर्ने छ ।

त्यस्तै, सभाले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*