नेपाल इन्स्योरेन्सले प्रुडेन्सियल क्यापिटलको शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

१९ माघ २०७८, बुधबार ११:०५

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम बिक्री मूल्य ४ सय रुपैयाँ तोकेको छ । सो अनुसार आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन्् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले (माघ १९ गते) ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघलाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*