ग्लोबल आइएमई लघुवित्तद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन अनुरोध

१९ माघ २०७८, बुधबार ११:१८

काडमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई वार्षिक साधारण सभाबाट पारित भई वितरण भएको आर्थिक वर्ष २०७२।०७३ को नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले ३५ दिनभित्र आफ्नो शेयर प्रमाणपत्रका साथ कुनै परिचयपत्र लिई संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्कीमा सम्पर्क राखी उक्त नगद लाभांश दाबी गर्न सक्नेछन् ।

साथै उक्त अवधिभित्र कुनै पनि दावी नपरेको खण्डमा सो नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*