खुद ब्याज आम्दानी बढेपनि मनकामना स्मार्ट लघुवित्तको नाफा ४७ प्रतिशतले खुम्चियो, इपिएस पनि घट्यो

१९ माघ २०७८, बुधबार ११:४२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४७.३२ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा भने सामान्य सुधार देखिएको छ । गत आवको तुलनामा यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३.९६ प्रतिशतले बढेर ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आवमा ५२ करोड ३५ लाख रुपैयाँँ ऋणात्मक रहेको संचालन मुनाफा यस अवधिसम्ममा संस्थाको यस्तो मुनाफा धनात्मक भई २५ लाख ६२ हजार रुपैयाँँ पुगेको छ ।

कम्पनीको यस अवधिसम्ममा कर्मचारी खर्च तथा अन्य खर्चमा बृद्धि भएसँगै खुद नाफामा गिरावट आएको हो । गत आवको यसै अवधिसम्ममा १ करोड ८८ लाख रुपैयाँमा सीमित रहेको कर्मचारी खर्चमा यस अवधिम्ममा बढेर २ करोड ५१ लाख पुगेको छ ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५३ करोड ९१ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने निक्षेप संकलन ३६ करोड ५७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिसम्मा संस्थाको चुक्तापूँजी ८ करोड २२ लाख रुपैयाँबाट बृद्धि भई १४ करोड १७ लाख रुपैयाँ पुगेकोमा संस्थाको जगेडा कोषको आकार समेत खुम्चियर २ करोड ८१ लाख ५० हजार रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, पुष मसान्तसम्ममा संस्थाको नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ । गत आवमा ३३.२९ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस अवधिसम्ममा १४ रुपैयाँ ६६ पैसा पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा पुगेको छ भने खराब कर्जा बढेर ४.९७ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*