नेरुडे लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बृद्धि, इपिएस कति ?

२० माघ २०७८, बिहीबार ११:३५

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले ७ करोड ४२ लाख २८ हजार खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा खुद नाफा ७७.३२ प्रतिशतले बढेर १३ करोड १६ लाख १८ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढ्दा खुद नाफा समेत बढन पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले २४ करोड ८० लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

साथै गत आर्थिक वर्ष ११ करोड ७८ लाख २२ हजार रुपैयाँ संचालन नाफामा गरेको कम्पनीले यस अवधिमा संचालन नाफा ११.२८ प्रतिशतले घटेर १० करोड ४५ लाख २८ हजार रुपैयाँमा सिमित भएको छ ।

यसै अवधिमा कम्पनीको जगेडा कोषमा ११.३५ प्रतिशतले बढेर ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ रहेको छ भने २ अर्ब ९६ करोड ८६ लाख ६५ हजार रुपैया निक्षेप संकलन गरेको छ ।

कम्पनीको हाल चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी बढेर ४३ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*