कर्णाली डेभलपमेन्ट बैंकको १७औं साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा

२० माघ २०७८, बिहीबार १२:०५

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकको माघ १८ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २० गते शुक्रबार कल्पतरु, नेपालगंजमा दिउसो १ बजे विद्युतीमा माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धि अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरीक्षण गर्नको लागि संचालक समितिको निर्णयअनुसार नियुक्त भएका बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत सोही सभाले अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ माघ २८ गतेदेखि फागनु २० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ माघ २९ गतेसम्म कायम रहेको शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*