दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए

२० माघ २०७८, बिहीबार १५:१८

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से फेरी ओरालो लागेको छ । बिहिबार नेप्से १४.५८ अकंले घटेको हो ।
पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्से आज राताम्य हुदाँ कारोबार भने बढेको हो । कारोबार साढे ८ अर्ब माथि हुदाँ २ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । बिहिबार विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको कारोबारमा सर्किट लागेको हो ।

त्यस्तै, साहस उर्जाको ६.०६ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ५.३३ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.२५ प्रतिशत, न्यादी हाइड्रोपावरको ४.१३ प्रतिशत र तेह्रथुम पावरको ३.९३ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*