१४ अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२० माघ २०७८, बिहीबार १५:२१

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्य भएको छ । नेप्से आज १४.५८ अकंले घट्दा समेत कारोबार भने उकालो लागेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लग्दा समेत कारोबार भने ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ भएको छ ।

नेप्सेमा गिरावट आउँदा २ कम्पनीको शेयरमा सर्किट लागेको छ भने केही कम्पनीहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीको आरएमडिसी लघुवित्त रहेको छ । कम्पनीको आज ३.४९ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, पोखरा फाइनान्सको ३.०७ प्रतिशत, गोर्खास फाइनान्सको २.९९ प्रतिशत, एनएमबि हाइब्रिड फण्डको २.७८ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको २.७५ प्रतिशत र समिट लघुवित्तको २.७४ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*