नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

२० माघ २०७८, बिहीबार १७:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

कर्मचारी सुरक्षण कोषमा रहेको उक्त २१ करोड रुपैयाँ केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा एक वर्ष अवधि (३६६ दिन) का लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।विसं २०७८ फागुन ४ गतेदेखि बैंकले उक्त रकम २०७९ फागुन ४ गतेसम्म मुद्दती राख्न खोजेको छ ।

केन्द्रीय बैंकका अनुसार कुल लगानी गरिने रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ लगानी गर्नेछ ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी यहि माघ २३ गते आइतबार बेलुका पाँच बजेसम्म बोलकबोल पेश गर्नुपर्ने छ । मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*