एशियन लाइफ सहित तीन कमपनीको साधारणसभा आज, कुनले कति लाभांश दिँदै छ ?

२१ माघ २०७८, शुक्रबार ०६:०५

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । तीन वटै कम्पनीले भ्युचुअल माध्यमबाट सभा सुरु गदैछ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आज कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट हुँदैछ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षण समितिको सिफारीस बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ ।

यस कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायसँग स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९० हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित हुँदैछ । सो प्रस्ताव पारित भएपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब ५१ करोड हुनेछ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी

प्रिमियर इन्स्योरेन्स कम्पनी २८ औं वार्षिक साधारण सभा आज भवन नक्साल काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ०.७५ प्रतिशत नगद लाभांश र १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छmलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गरेको हुदाँ माघ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

ग्रीनलाईफ हाइड्रोपावर

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज आम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे र भर्चुअल माध्यमबाट बस्दैछ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ माघ ८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*