सूर्योदय लघुवित्तको खुद नाफामा उछाल, सबै सूचकमा देखियो उत्कृष्ट सुधार

२१ माघ २०७८, शुक्रबार ११:५८

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४४४.३९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १ करोड १८ लाख २७ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

साथै यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामाा पनि उल्लेख्य प्रगति भएको छ । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १७९.७० प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी ५ करोड ७८ लाख ९२ लाख रुपैयाँ रहेको थियो ।

गत आवमा ४७ लाख ३७ हजार रुपैयाँ मात्र संचालन नाफा आर्जन गरेको संस्थाले यस अवधिसम्ममा ७४६.२० प्रतिशतले बढेर ४ करोड १० लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । यस आवको दोस्रो त्रैमाससम्मा संस्थाले खुद ब्याज आम्दानी र संचालन नाफामा उत्कृष्ट सुधार गरेसँगै संस्थाको नाफामा उछाल आएको हो ।

यस अवधिसम्ममा संस्थाले १ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १६ करोड २७ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ५० करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापूँजी २१ लाख ५० करोडबाट बृद्धि भएर २९ करोड ७६ लाख पुगेको छ भने संस्थाले जगेडा कोषको आकार समेत बृद्धि गरी १९ करोड ५८ लाख रुपैयाँ संचित गरेको छ ।

त्यस्तै, यस अवधिसम्ममा संंस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ४३ रुपैयाा ३१ पैसा, प्रतिशेयर नेटवर्थ १६५.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.५५ रुपैयाँ, तरलता अनुपात ६.९५ प्रतिशत र खराब कर्जा बढेर ३.०४ प्रतिशत पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*