छिमेक लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

२१ माघ २०७८, शुक्रबार १२:०२

काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो ।

संस्थाले गत आवको यसै अवधिसम्ममा ६१ करोड ५४ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा यस अवधिसम्ममा घटेर ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको हो।

त्यस्तै, संस्थाको समिक्षा अवधिसम्ममा खुद ब्याज आम्दानी र संचालन नाफामा पनि गिरवाट आएको । खुद ब्याज आम्दानी ४०.३३ प्रतिशतले घटेर ५८ करोड ७१ लाख ४९ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ५३.८० प्रतिशतले घटेर ४० करोड ६१ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

गत आवको पुष मसान्तसम्ममा संस्थाले ९८ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी र संचालन मुनाफा ८७ करोड ९२ लाख रुपैयाँ कमााएको थियो । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा उच्च गिरावट आएसँगै संस्थाको नाफा ह्वात्तै घट्न पुगेको हो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापूँजी भने बढेको छ । गत आवको यसै अवधिसम्म १ अर्ब ८३ करोड रुपैयाँ रहेको चुक्तापूँजी यस अवधिसम्ममा बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । साथै संस्थाको जगेडा कोषको आकार समेत ३५ प्रतिशतले घटेर १ अर्ब २८ करोड १७ लाख रुपैयाँ संचित गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा संस्थाले २४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालन २८ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्ममा संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ४२.८९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०३.२६ रुपैयाँ, तरलता अनुपात २६.१७%, मूल्य आम्दानी अनुपात ३२.१३ रुपैयाँ रहेको छ ।

3 thoughts on “छिमेक लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

  1. दिलिप कुमार श्रेष्ठ says:

    सहि सूचना दिनु पर्यो सम्पादक ज्यू, चालु आर्थिक वर्ष सम्मको खुद मुनाफा रू.४९ करोड ८४ लाख ४५२ हजार भयको मा २८ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा उल्लेख भयको छ.

  2. CA Ganesh Ghimire says:

    सहि सूचना दिनु पर्यो सम्पादक ज्यू, चालु आर्थिक वर्ष सम्मको खुद मुनाफा रू.४९ करोड ८४ लाख ४५२ हजार भयको मा २८ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा उल्लेख भयको छ.

  3. सुजीत कुमार झा says:

    सहि सूचना दिनु पर्यो सम्पादक ज्यू, चालु आर्थिक वर्ष सम्मको खुद मुनाफा रू.४९ करोड ८४ लाख ४५२ हजार भयको मा २८ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा उल्लेख भयको छ.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*