आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोजको मिति तय

२१ माघ २०७८, शुक्रबार १२:४९

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी संचालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते (माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो २३ औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद जारी गर्न लागेको छ।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत माघ ६ गते निष्कासन अनुमति दिएको थियो।
कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*