बुटवल पावरको खुद नाफा सवा १८ करोडमाथि, इपिएस पनि बढ्यो

२३ माघ २०७८, आईतवार १२:३२

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीको नाफा ३१.१२ प्रतिशले बढ्न पुगेको हो । गत आवको यसै अवधिसम्ममा क्रम्पनीले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको बिद्युत विक्रीबाट हुने आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । यस्तो आम्दानी ४.४० प्रतिशतलले बढेर ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३९ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

यस आवको पुष मसान्तसम्ममा कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । त्यस्तै कम्पनीको यस अवधिसम्ममा अन्य स्रोतबाट हुने आमदानी पनि बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी २ अर्बबाट बृद्धि भई ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले जगेडा कोषमा १८ करोड ५५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । त्यस्तै, पुष मसान्तसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ९० पैसाले बढेर ५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ४३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*