नेप्सेमा ४० अंकको गिरावट आउँदा कारोबार कारोबार खुम्चियो, सबै सूचक राताम्य

२३ माघ २०७८, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो हप्ता घटबढको उतारचढाव रहेको शेयर बजारमा आज सातो पहिलो दिन नै ४०.५७ अंकले घट्न पुगेको छ ।

नेप्से परिसूचक आज १.४१ प्रतिशतले घटेर २८३५.१९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहमा ३.५७ प्रतिशत अर्थात् ५८० रुपैयाँ ५९ पैसाको गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*