हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२३ माघ २०७८, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ४१.५५ अंकको गिरावट आएको छ । अघिल्लो हप्ता घटबढ भएको शेयरबजारमा आज सोही अंकले घट्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से १.४४ प्रतिशतले घट्दा कारोबार समेत खुम्चिन पुगेको छ । ५ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ५४ करोड ४९ लाख ९३ हजार २८३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोड ४७ लाखमाथिको कारोबार भएको छ । कम्पनीले आज १५ प्रतिशत लाभांश घोषणा गरेसँगै लगाीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् । साथै तेस्रोमा अपि पावर कम्पनीको २५ करोड ९५ लाख, नेशनल हाइड्रोपावरको २४ करोड ११ लाख र अपर तामाकोशीको २२ करोड ३८ लाख माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*