आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२३ माघ २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । नेप्सेमा आज ४०.५७ अकंले घटेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा आज भारी अकंको गिरावट आएर कारोबार पनि ५ अर्ब ८३ करोडमा सीमित हुन पुगेको छ । सोही अंकले शेयर बजार घट्दा केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा नेपाल हाइड्रो डेभलोपेर रहेको छ । कम्पनीको आज ८.०८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३.८० प्रतिशत, शिखर इन्स्योरेन्सको ३.१७ प्रतिशत, साहस उर्जाको २.८६ प्रतिशत र प्राइम डिबेञ्चरको २ प्रतिशतले वृद्धि भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*