मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन

९ जेष्ठ २०७९, सोमबार २०:२०

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएकि छिन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे समेत जानकारी लिएकि हुन् ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिएको हो । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भने, ’हामीले बारम्बार छलफल सल्लाह गर्छौं तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौं ।’

काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाई छ ।मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिए ।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु अािर्थिक वर्षमा चालुतर्फ ५३.३९ प्रतिशत र पूँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत खर्च भइसकेको छ ।उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेश गरे । उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि बताउनुभयो । यस्तै सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको बताए ।

मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, संघीय संसद सचिवालय लगायत विभाग र निकायले काम गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*