शिखर इन्स्योरेन्स कम्पनीकोे लिलामी शेयर बाँडफाँट

१० जेष्ठ २०७९, मंगलवार ११:१९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लिलामीमा बिक्री गरेको लिलामी शेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । यसमा न्यूनतम ९३६ रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा कम्पनीले जेठ १६ देखि फिर्ता गर्ने जनाएको छ ।

लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा पैसा फिर्ता पाउनेछन् । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता दिइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*