दुई दिने सार्वजनिक विदा हटाउन सांसदको माग
१० जेष्ठ २०७९, मंगलवार १४:४८
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/binod.jpg)
काठमाडौं । सरकारले यही जेठ १ गतेबाट लागू गरेको दुई दिने सार्वजनिक हटाउन सांसदले माग गरेका छन् । अर्थ समितिको बैठकमा सरकारलाई सुझाव दिँदै सांसद बिनोद चौधरीले शनिवार र आईतबारको दुई दिने सार्वजनिक विदा हटाउन माग गरेका हुन् ।
सांसद चौधरीले नेपाल सरकारको डेलिभरी सिष्टम नै ढलाई भएकोले आईतबारको बिदा हटाउनुपर्ने बताए ।यसअघि सरकारले परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिवार र आइतवार सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई हटाउन आज अर्थसमितिको बैठकमा संसद्हरुले माग गरेका हुन् ।