सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने
१० जेष्ठ २०७९, मंगलवार १७:२६
काठमाडौं । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने घोषणा गरेको छ । सरकारले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने घोषणा गरेको हो ।
संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा भारतमा बेच्दा प्राप्त हुने औसत दरभन्दा कम महसुल दरमा उद्योगलाई नेपालमै बिजुली उपलब्ध गराउने घोषणा गरिएको छ ।