सामाजिक संजाललाई कानुन र करको दायरामा ल्याईने
१० जेष्ठ २०७९, मंगलवार १८:०८
काठमाडौं । सरकारले विद्युतीय प्रणाली अन्तर्गत संचालनमा रहेका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने उल्लेख छ ।