सार्वजनिक सवारीको भाडा बढ्यो
१० जेष्ठ २०७९, मंगलवार २०:२९
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले जेठ १० गतेदेखि लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको विभागको भनाई छ ।
विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.१ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा गुड्ने मालबाहकमा २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको हो ।