एभरेष्ट इन्स्योरेन्सले तीन दिने आधारभूत अभिकर्ता तालिम संचालन गर्ने

११ जेष्ठ २०७९, बुधबार ११:३९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्न लागेको जनाएको छ । तालिम निर्जीवन बीमा अभिकर्ताको नि :शुल्क पाउनेछन् ।

उक्त तालिममा सहभागि हुने इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रिय कार्यालयमा जेठ २३ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।तालिम जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बिहान ९.३० बजेदेखि साझँ ५.३० गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय हात्तिसारमा हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*