विद्युत प्राधिकरणले उपत्यकाका लागि ल्यायो कल सेन्टर संचालनमा

११ जेष्ठ २०७९, बुधबार १६:४४

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यका भित्रका ग्राहकहरुको गुनासो तथा समस्याहरु सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याएको छ।

प्राधिकरणले ग्राहकहरुको सहजताका लागि विद्युत सेवा आपूर्ति सम्बन्धी गुनासो, सूचना तथा जानकारीहरु एकै स्थानबाट आदानप्रदान गर्न सकिने गरी सो सेवा सुचारु गरिएको जनाएको छ ।

उपत्यकाभित्र विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा प्राधिकरणको हटलाईन नम्बर ११५० मा फोन सम्पर्क गरी अंक १ डायल गरेर कल सेन्टरबाट सेवा लिन सकिनेछ। उक्त २४ सैं घण्टा उक्त सेवा सञ्चालन हुने पनि प्राधिकरणले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*