बीमा समितिले पुनः बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने, क-कसले सहभागी हुन पाउछन् ?

११ जेष्ठ २०७९, बुधबार १७:३३

काठमाडौं । बीमा समितिले बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने भएको छ। बीमा समितिले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बीमा समितिले २०७८ भदौ ३ गते को निर्णय अनुसार तालिम संचालन गर्ने सम्बन्धमा भदौ ५ गतेको सूचना बमोजिम उक्त समय ८ गतेदेखि १४ गतेसम्म अनलाईनबाट निवेदन दिएका तर तालिममा सहभागी नभएकाहरुले समितिको इमेलमा रकम बुझाएको प्रमाण सहित जेठ १८ गतेसम्ममा पुन निवेदन दिन पाउनेछन् ।

समितिले संचालन गर्न लागेको कार्यक्रमा यहि जेठ ३० गतेदेखि असार ३ गतेसम्म संचालन हुने हुँदा बीमा सर्भेयहरुलाई तालिमममा सहभागी हुन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*