आजसम्म कायम शेयरधनीले मात्रै राधी विद्युत कम्पनीको १४७% हकप्रदमा आवेदन दिन पाउने

१० भाद्र २०७९, शुक्रबार १०:५०

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज (भदौ १० गते)सम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गर्न बाँकि छ । नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*