पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख बढीले शेयर पाउँदा पौने १४ लाखको हात खाली

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको थियो । मागभन्दा बढी आवेदन पारेकोले धितोपत्र तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ ।त्यसपछि बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।
कम्पनीको आइपीअोमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । सो आइपीओमा कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो ।
सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिएका हुन ।