अरुण काबेली पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति
१२ भाद्र २०७९, आईतवार १३:५३

काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युन नियमन आयोगबाट अनुमति पाएको छ । नियमन विभागले कम्पनीलाई १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।
आयोगले अरुण काबेली पावरलाई १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ । सो पश्चात् कम्पनीले नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको पत्र धितोपत्र बोर्डसमक्ष पेश गर्दै सार्वजनिक हकप्रद शेयर निष्काशनको अनुमति माग गर्नेछ ।