नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य

१३ भाद्र २०७९, सोमबार १८:५८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरको ओपनिङ्ग मूल्य तोकिदिएको छ ।

नेप्सेले आज सो कम्पनीको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य २१० रुपैयाँ निर्धारण गरिदिएको हो । सोही मूल्यका आधारमा नै कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ । कम्पनीको शेयर ‘एचइआइपीओ’ सिम्बोलबाट कारोबारमा आउनेछ ।

साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा गई हिमालयन एरभेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ । मर्जपछि साधारण शेयर नेप्सेमा सूचीकृत भई कारोबारमा आइसकेको छ भने संस्थापक समूहको शेयर पनि लिस्टेड भई ओपनिङ मूल्य तोकिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*