शेयरबजारमा झिनो अंकको सुधार, महिलाहरुको कम सहभागिताले एक अर्बमा कारोबार सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार अर्थात आज महिलाहरुको महान पर्व हरितालिका तीजको दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । १० वर्षयताको तिजको दिनमा ३ वर्ष बाहेकका सबै वर्षको तीजको दिनमा शेयरबजार बढेको छ ।
आज नारीहरुको महान पर्व हरितालिका तिजको दिनमा नेप्से सूचक २.१९ अंकले बढेर १९९५ विन्दुमा कायम भएको छ । शेयरबजार बढेपनि कारोबार भने खासै उत्साहजनक देखिएको छैन ।
पछिल्लो समय शेयरबजारमा सक्रिय लगानीकर्ताहरुमा धेरै महिलाको संख्या थपिएसँगै आज महिलाहरु शेयरबजारमा खासै सक्रिय भएको देखिएको छैन । त्यसैको असर आजको कारोबार रकममा देखिएको हो ।
नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब एक लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये बैकिङ्ग, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, निर्जिवन बीमा र जीवन बीमा समूह घट्न पुगेको भने सर्वाधिक अन्य समूहको आज २.२९ प्रतिशतले बढ्न पुगेको छ ।