दोल्ती पावर कम्पनीले १६ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

१६ भाद्र २०७९, बिहीबार १४:०२

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीअ‍ो जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको पत्र भदौ १२ गते बोर्डमा बुझाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*