मुक्तिनाथ विकास बैंकले ल्यायो २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

१६ भाद्र २०७९, बिहीबार १३:३५

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ।

उक्त योजनाअन्तर्गत व्यतिगत मुद्दति खातामा न्यूनतम ५ लाख रुपैयाँ मौज्दात राखेर मुद्दति खाता खोल्ने खातावालहरुले आफ्ना लागि १० लाखसम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० रुपैयाँ लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटकर्वमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*