खप्तड लघुवित्तको आइपीओ प्रि–अटलमेन्ट आज गर्ने तयारीमा, बाँडफाँड कहिले ?

१६ भाद्र २०७९, बिहीबार १६:०७

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड अर्को साता मात्रै हुने भएको छ । लघुवित्तको आइपीओ डाटा भेरिफिकेशनको काम भइरहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

साथै डाटा भेरिफाइको काम सकिए आज बेलुका प्रि–अलटमेन्ट गर्ने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज प्रि–अलटमेन्ट भएमा खप्तड लघुवित्तको आइपीओ बाँडफाँड आइतबार हुनेछ ।

लघुवित्तको आइपीओमा अन्तिम दिनसमम १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको थियो । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

आइपीमो माग भन्दा बढी आवेदन परेकोले बाँडफाँड गोलाप्रथाद्धारा नै हुनेछ । १८ लाख ७७ हजार ६७६ जना आवेदकमध्ये १२ हजार ३४० जनाले शेयर पाउने छन् भने बाँकी १८ लाख ६५ हजार ३३५ जनाको हात खाली हुनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*