हकप्रद पारित गर्न नेशनल हाइड्रोपावरको विशेष साधारण सभा आज बस्दै

१७ भाद्र २०७९, शुक्रबार ०९:५७

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आज (भदौ १७ गते) हुँदैछ । कम्पनीको सभा डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

भदौ १० गतेका लागि डाकिएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेपछि सोहि दिन बसेको कम्पनीको सञ्चालक समितीले आजका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते बुकक्लोज गरेको थियो । यसर्थ भदौ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*