मिर्मिरे लघुवित्तको संचालकमा शान्ता केसी र कम्पनी सचिवमा बिर्ख बहादुर बोहरा नियुक्त

१७ भाद्र २०७९, शुक्रबार ११:४४

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता केसी कार्की नियुक्त भएकी छन् । कम्पनीको भदौ १५ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो ।

लघुवित्तले संस्थाको ऐनअनुसार रिक्त रहेको उक्त संचालक पदमा बाँकी कार्यकालका लागि तिलोत्तमा नगरपालिका –१ रुपन्देही निवासी कार्कीलाई चयन गरेको हो ।

साथै लघुवित्तको भदौ ९ गते बसेको संचालक समितिको बैठकले संस्थाको कम्पनी सचिवमा बिर्ख बहादुर बोहारालाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*