सिद्धार्थ बैंक ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्डबाट सम्मानित

१७ भाद्र २०७९, शुक्रबार १६:३५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । सिद्घार्थ बैंकलाई यस अघि पनि ले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझँ प्रभावकारी बनाएको आधारमा ‘एक्सलेन्स इन ड अवार्ड बाट सम्मानित गरेको थियो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुुच पु्र्याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर, ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*